जनता टाइम्स

१२ असार २०७९, आईतवार ०८:०४

धनआर्जन शर्मा-उदण्ड आले, माधव र झलनाथ गम खान थाले !


अनि माधवका मन्त्रीहरू फिर्ता हुने कि नहुने ? न्यायाधीश र उकिललाई अडियो मुद्दा लाम्ने कि नलाम्ने ? उकिल हरिहर दाहालहर्को करोडौँको हुण्डी मुद्दालाई कसरी ढासढुस पार्ने ? पनि पत्रकार भाइहर्ले जोडतोडले उठाएकैहुनन क्यारे ! म त विचरा देउवाको पो हरबिजोग देखे । माधव भन्छन हाम्रो पुरान मन्त्रीहरू हटाएर हाम्रै नयाँलाई नियुक्ति गर्देउ । अनि माधव भन्दा अगाडि नै देउवाकोमा पुगेर प्रचन्न भन्छन् `माधवको कुरा नमान्नु नत्र हाम्राहर्ले पनि विद्रोह गर्छन्

गफाष्टक

यस वर्षको बजेट अभूतपूर्व रुपले पूर्व सुब्बाले `लास्ट टच´ दिएपछि हाम्रो अर्थमन्त्री काम्रेस धनआर्जन शर्माले संसदमा बाचन गरे । मध्यरातमा एउट विदेशी र पूर्व सुब्बा साप अर्थमन्त्रालयको गोप्य कोठामा छिरिकन कामकुरो तमाम गरेछन् । त्यस बेला सचिव सहसचिवहर्ले बोल्न पनि पाएनन अरे । हाम्रो धनआर्जन काम्रेसले पत्याएका सुब्बाका अगाडि नाथे सचिव सहसचिव । त्यो `सिसी क्यामेरा´ भन्ने पड्केले चाहिँ कस्तो छिटो देखेका हुनन । एमालेहर्ले भने त्यही सिसी क्याम्रा हेरेर हाम्रो अर्थमन्त्रीलाई कार्वाही गर्ने भनेका रान । हाम्रो धनआर्जन काम्रेस झन के कम ठाडै हेर्न पाम्मदैनौ भनी दिए । हैन किन हेर्नु त्यस्तो सिसी क्याम्रा ! यसो एक-दुई अर्व त आइरहने बाटो बनाउनु स्वभाविकै हो त । मारिवाडीको समस्या पनि त हेर्नु पर्छ । चौधरी ग्रुपले ८/१० अर्व अनि आफू अर्थमन्त्री भको बेला धनआर्जन काम्रेसले २/४अर्व कमाउनु कुन ठूलो कुरो होर !

प्रचन्न काम्रेसको पनि खर्च ठूलो छ । पार्टी पनि चलाउनै पर्यो, कार्यकर्ताहर्लाई पनि दिनै पर्यो, बेलुका भएसी तलतल लाग्छ महंगो खालको यसो विदेशी एक दुई बोतल भए कालिज अथवा बंदेलको भुटुवासँग चिरिप्प पारेसी आनन्दको निद्रा लाग्छ । कठै ! भरतपुर लगायतको चुनाउमा पनि सानो खर्च भएन । यस्तो पेचिलो अवस्थामा अर्थमन्त्री धनआर्जनले बिलोका रुपमा काम्रेस प्रचन्नलाई १०/२० अर्व दिनु त सामान्य नै मान्नुपर्छ । नेपालको राजनीतिमा प्रचन्न काम्रेस नभए राष्ट्र पनि रहदैन भन्न थालेकाछन् हाम्रा माओवादीहरू । हुन पनि हो यत्तिको चतुरे, उच्च छलाङका जन्म दाता, आइस् ब्रेकका निर्माण कर्ता, ओली र देउवाको गर्धनमा टेकेर खप्परमा बजाउदै सत्ताको तर मार्न माहिर यत्तिको नेता नेपालमा छैन । मलाई भने यिन्का भनाइ र गराइको घुलन देखेर गज्जब सन्तुष्टि मिलेको छ ।

त्यस बखत हामीकन हतियार बोकेर मान्छे ठुन्क्याउन लगाए । त्यो गलत थियो पनि भनेनन् । उनी त हामी सपको छोडीकन काठमाडौंतिर कुलेलम ठोकी गए । संसदीय व्यवस्था जस्तो घृणित व्यवस्था अरु हुनै सक्तैन भन्थे । त्यही व्यवस्थाको दुई पटक प्रधानमन्त्री भएर राजसी ठाँटबाँटमा सामन्ती सत्ताको बागडोर समाले । हेर्दाहेर्दै हाम्रो काम्रेस प्रचन्न कहिले देउवा, कहिले ओली, फेरि देउवा फेरि ओलीलाई अंगालो हालेर तर मार्दैछन् । खप्पराँ लेखेर ल्याका रान । दिल्लीमा बस्ता पनि उनाईले मोज गरेका हुन र यहाँ राजासँग मिलेर तर मार्ने भन्दाभन्दै भाग्यले उद्धुम गरेर राम्रो गर्यो ।

नमस्कार है विध्वंसे काका ! दिमाखमा के खुराफात भर्दै छौ ? तिम्रो पनि दिमाख त लर्तरो छैन । ठाम पाको हो भने प्रचन्न भन्दा कम हुने थएनौ ! अनि हौ काका काठमाडौंतिरको आलो खबर के छ ? तिम्रा माउवादी काम्रेसहरू के भन्दै छन् ? अबको राजनीति कता लान्छन् अरे !

हेर भिरघरे ! काठमाडौंबाट मलाई कसैले फुन गर्दैन । पत्रपत्रिका, अनलाइन र अन्तको समाचार पनि पत्याउने खालको लेख्दैनन् । हाम्रो पत्रकारहर्ले `साउदीको राजकुमार सक्कली हो कि नक्कली, दुर्गा प्रसाईंलाई उपहार दिएको लौरो सुनको कि ठुन्को´, उदण्ड आलेले बोलेको महावाणि जस्ताको तस्तै समाचार बनाम्न मिल्छ कि मिल्दैन, विमला ओलीलाई के गर्ने ? अर्थमन्त्रीले राजिनामा दिनु पर्ने कि नपर्ने ? भन्ने प्रश्न गर्दै राजकुमार र लौरो सक्कली हो, आलेले बोलेकै छैन, विमला निर्दोष छन् र धनआर्जन शर्माले राजिनामा दिनु पर्दैन भनेर लेखेर बसेका छन् । म त सोच्न पनि मुन लाग्न छोड्यो ।

अनि माधवका मन्त्रीहरू फिर्ता हुने कि नहुने ? न्यायाधीश र उकिललाई अडियो मुद्दा लाम्ने कि नलाम्ने ? उकिल हरिहर दाहालहर्को करोडौँको हुण्डी मुद्दालाई कसरी ढासढुस पार्ने ? पनि पत्रकार भाइहर्ले जोडतोडले उठाएकैहुनन क्यारे ! म त विचरा देउवाको पो हरबिजोग देखे । माधव भन्छन हाम्रो पुरान मन्त्रीहरू हटाएर हाम्रै नयाँलाई नियुक्ति गर्देउ । अनि माधव भन्दा अगाडि नै देउवाकोमा पुगेर प्रचन्न भन्छन् `माधवको कुरा नमान्नु नत्र हाम्राहर्ले पनि विद्रोह गर्छन् । अब पाँच महिना त होनि ! फेरबदल गर्नु हुदैन । अहिले कस्तो राम्रो कमाइ भैरा छ ।´ गठबन्धनको बैठकमा कृषकलाई चाहिने मल समस्या समाधानको कुरो छैन, विद्यार्थीलाई किताबसमेत दिन नसकेको प्रति एक शब्द उच्चारण हुदैन । मन्त्रीहर्ले मनपरी गरी राछन् त्यसवारे कुरा उठदैन । बिचरो माधव मन्त्री फेर्न नसकेर निचोरिएर हिडेका छन् । यता देउवा जवाफ दिनुपर्छ भनेर भाग्दै हिडेका छन ।

ठिकै भन्यो सण्डे भाइले । यस्तो बेलामा प्रचन्न जस्तो उल्कै चतुरेले मल, किताब र मूल्यबद्धिका वारेमा कुरो ठाउनु पर्दैन ! अझ आफ्ना कार्यकर्ताका अगाडि उफ्रिउफ्री `हामीले एमसीसी परिवर्तन गर्दियौ, व्याख्यात्मक टिप्पणी देखेर अम्रिकाने पनि चकित, यता एसपिपी पनि खारेज गरेर राष्ट्र सर्लक्क बचायौ´ भन्दै थिए । यो एसपिपी भन्नेमा जे जति लेखिएको छ त्यो सप्पै एमसिसी पास गर्दै ओके भैसको छ भनेर जनताले बुझेका छन् । बरु प्रचन्नलाई नै थाहा छैन होला बुंदा बुंदा जोडाएर हेर अक्कल आम्ने थियो कि ! सेना ल्याम्न पाम्ने , परेड खेल्न पाउने, जमिन उसैलाई दिनु पर्ने र नेपालको कानुन उनार्लाई नलाग्ने भन्ने त एमसिसीमा लेखिएकै छ त । अनि व्याख्यात्मक टिपणी, धोती र पारदर्शी लगौटी जस्ता फुर्का राख्न स्वीकार्य छैन भन्ने पनि सम्झौतामै छ त । अाफ्ना कार्यकर्ताले पत्याए जस्तो गर्दैमा अरुले पनि पत्यए भन्ने नठाने हुन्छ ।

वाइयात कुरो गर्दै प्रचन्न काम्रेसलाई खसाएर नबोल भिरघरे ! सप्पै समस्याको बारेमा प्रचन्नले बोल्नुपर्छ भन्ने के छ ? तेरो पार्टीको नेता देउवा प्रधानमन्त्री, समस्याका बारेमा चुइँक्क बोल्ने होइन । विकास बजेट खर्च भएन प्रचन्न, लोग्ने खोज्दै हिडेकी मन्त्रीलाई कार्वाही भएन प्रचन्न, नासुले बजेटमा फेरबदल गर्यो प्रचन्न, अर्थमन्त्री धनआर्जन शर्मालाई कार्वाही भएन प्रचन्न, आलेले फलान्थोक भने प्रचन्न । सप्पैथोक गर्न पर्ने प्रचन्नले अनि अर्थमन्त्री धनआर्जन शर्माले प्रचन्नलाई यसो ८/१० अर्ब बुझाएको पनि देखि नसक्ने तिमारू जस्ताले नै हो । यस्तो कुरा आइन्दा मसँग नगर मेरो कन्सिरी तातेर आम्छ ।

तिम्रो कन्सिरी अनौठै छ । किसानले समयमा मल पाउदैन तिम्रो कन्सिरी तात्दैन, विद्यार्थीले बेलामा किताब पाउदैन तिम्रो कन्सिरी तात्दैन, मूल्यवृद्धिले थाम्नै नसक्ने गरी बढ्यो, जनता पिरोलिएका छन् तिम्रो कन्सिरी चुपचाप निदाउछ, तिम्रो कन्सिरी र दिमाख काम लाग्ने खालको छैन काका ! हामी अब जाउ सण्डे । लौ काका फेरि भेटौला आजलाई भने
जै नेपाल !

(परिसम्वाद डटकमबाट साभार)