जनता टाइम्स

१६ असार २०७९, बिहीबार ०९:१८

चीन र भारतको गतिरोधको विच व्रिक्स सम्मेलन


व्रिक्सको सफलता नै भारत चीनको सम्वन्धमा निर्भर पर्दछ । चीनको आर्थिक विकासको निरन्तरताको लागि भारतको बजार आवश्यक छ । यस अवस्थामा राष्ट्रपति सी ले भारतसंग सम्वन्धलाई राजनीतिक भाष्य बनाउनु चीनको लागि आत्मघाती हुने छ भने भारतले पनि चीनको प्रविधि र कच्चा पदार्थलाई प्रचूर मात्रामा प्रयोग गर्दै आर्थिक विकासको यात्रामा छलाङ्ग लगाउनु पर्दछ ।

विपिन देव

भर्खरै (२०२२, २३, २४ जुन) मा व्रिक्स शिखर वार्ता विद्युतिय माधयमवाट सम्पन भएको छ । व्रिक्स भन्नाले चीन, भारत, रसिया, व्राजील र दक्षिण अफ्रिकाको छाता संगठन बुझिन्छ । व्रिक्सको अवधारणा गोल्डम्यान स्याक भन्ने विद्वानले आफ्नो शोधपत्रवाट प्रस्ताव गरेका थिए । उक्र प्रस्ताव मौलिक रुपमा पश्चिमा आर्थिक हैकमवादको प्रतिवाद थियो । अर्थात् अमेरिका र यूरोपको छत्रछायामा विश्व वैंक र अन्तराष्ट्रिय मुद्रा कोषको दवदवा र वर्चस्वलाई निस्तेज गर्न व्रिक्सको अवधारणा सार्वजनिक भएको थियो । सन् २००६ मा नीतिगत रुपमा भारत, चीन, रसिया र व्राजिल व्रिकको अवधारणा प्रति एकमत भइसकेका थिए ।

सन् २००९ मा व्रिकको उद्घोष अधिकारिक रुपमा घोषणा भयो भने सन् २०१ मा दक्षिण अफ्रिकाको सदस्यता पश्चात व्रिकको नामकंण व्रिक्समा परिर्वतित भयो । सामरिक र आर्थिक रुपमा व्रिक्स अब्वल देखिएको छ । संसारको २७ प्रतिशत भूभाग, ४१ प्रतिशत जनसंख्या, २४ प्रतिशत जि.डि.पि, १६ प्रतिशत विश्व व्यापारमा हिस्ता र ३३ प्रतिसत खाद्यानन् उत्पादन क्षमता भएको यी राष्ट्रहरू हरेक गठवन्धन र समीकरणलाई प्रभावित गर्ने क्षमता राख्दछन् । सन् २००८ मा रसियाको जर्जिया नीतिले गर्दा यूरोप र अमेरिकाले रसियासंगको सम्वन्धलाई पुनः विचार गरेका थिए । यही पृष्भूमिमा व्रिक्स संगठनलाई अगाडी वढाउन रसियाले जर्मको कसेको थियो । यस पटकको शिखर सम्मेलनमा सहभागीको रुपमा विभिन्न मुलुकहरूका प्रतिनिधिहरू थिए ।

अर्जेनटिना, काजीगस्तान, थायल्याण्ड, नाइजेरीया लगायत अरु मुलुकहरूको सहभागीहरूले व्रिकसको शिखर सम्मेलनलाई अवलोकन गरेका थिए । व्रिक्सका वारेमा विभिन्न शोध र अध्ययनहरू पनि भइरहेका छन् । रिचल स्यालमानद्वारा लिखित पुस्तक “रसिया, व्रिक्स र डिसरणसन” गोलमनद्वारा लिखित, “विल्ड वेटर व्रिक्स” र “द व्रिक्स टेउन्टी” ओलिनद्वारा लिखित “ग्रोथ म्याप द व्रिक्स” र श्री कान्त कोण्डोपोलीद्वारा “चाइना एण्ड व्रिक्स” जस्ता शोध र अध्ययनहरूले व्रिक्सको उद्देश्य सफलता र असफलतालाई दृष्टिगोचर गर्दछ । सन् २०२२ को व्रिक्स सम्मेलन विभिन्न गतिरोध र तनावको विच सम्पन्न भएको छ ।

सन् २०१७ को व्रिक्स सम्मेलनले संसारमा एउटा अभूतपूर्व संकटलाई रोकेको थियो । डोकलमको विवादले गर्दा चीन र भारतको सैनिक आमुने सामुने थियो । पश्चिमा छापाखानाहरूले युद्धको लागि आवश्यक वातावरण बनाउने भाष्य तयार गरिरहेको थियो । तर व्रिक्सको छाता मुनी मोदी र सी को अब्वल नेतृत्वले संकटलाई निरुपण गरेका थिए । वास्तवमा तत्कालिन समयमा तनावलाई शिथिलिकरण गर्न रसियाका राष्ट्रपति पुटिनको पनि व्यापक सक्रियता थियो । वर्तमान अवस्था पनि पृथक देखिएको छैन । सन् २०२० देखि नै ग्लवान घाटीमा भारत र चीनका सैनिकहरू आमुने सामुने छन् । सैनिकहरू सहादत पनि प्राप्त गरिसकेका छन् । कमाण्डर स्तरको दर्जनौ वार्ता उपरान्त पनि तनाव शिथिलिकरणको अवस्थामा छैन ।

जानकारहरूले व्रिक्स सम्मेलनले भारत र चीनले द्विपक्षिय समस्यालाई सम्वोधन गर्न आवश्यक पहल गर्न सकिने सम्भावनालाई आकंलन गरेता पनि उक्त सम्मेलनले दिपक्षिय समस्यालाई कार्यसूचिमा प्रवेश पाएन । सायद मोदी र सी को भौतिक रुपमा नै भेट भएको भए समस्या समाधानका लागि केही पहल हुने थियो । अर्को तर्फ व्रिकसको महत्वपूर्ण उद्देश्य नै आर्थिक विकास भएकोले गर्दा गतिरोधको मुद्दा विषय सूचिमा प्रवेश पाएन । व्रिक्स संगठनको महत्वपूर्ण आर्कषण नै न्यू डेभलपमेन्ट वैंक” हो । उक्त वैंकले २५.७ विलियन लगानीमा ७० वटा भीमकायी योजनाहरूलाई सफल बनाएको छ । आठ वर्ष पहिले ५० मिलियन अमेरिकी डलरको लगानीमा स्थापना भएका उक्त वैंकको आर्थिक क्षमता बढिरहेको अवस्था छ । चीन र भारतको साझा संकल्प र लगानीमा सुरु भएको उक्त वैंकले विश्व वैंक र अन्र्तराष्ट्रिय मुद्रा कोष भन्दा पनि कम प्रतिसत व्याजमा गरिव मुलुकहरूलाई ऋण उपलब्ध गराउने संकल्पित गरेता पनि दुई देशहरू विच भएको आपसी गतिरोध र तनावले गर्दा वैंकले आप्mनो लक्ष्य भेदन गर्न सकेन ।

व्रिक्स शिखर सम्मेलनले केही प्रतिवद्धताहरू जाहेर गरेका छन् । कोरनाको कहरवाट संसारलाई जोगाउन व्रिक्स सदस्य राष्ट्रहरू प्रतिवद्धता जाहेर गरेका छन् । व्रिकसका सम्पूर्ण सदस्यहरू कोरनाको खोप उत्पादक राष्ट्र भएकोले गर्दा संसारको कुना कुनामा खोप उपलब्ध गराउन आप्mनो उत्पादक क्षमता बढाउन सहमति गरेका छन् । साथ साथै अमेरिका लगायत पश्चिमा राष्ट्रहरूको आर्थिक नाकावन्दीको नीतिलाई पनि ओलोचना गरेका छन् । साथ-साथै रसिया र युक्रेनको तनावलाई शिथिलिकरण गर्न रसियालाई आग्रह गरेता पनि रसियाको निन्दा गरिएको छैन । व्रिक्स शिखर सम्मेलनले अफगानीस्तानको मुद्दमा आपसी समझदारी बनाएका छन् । विगतका दिनमा संसारमा अधिकांश मुलुकहरूले आप्mनो दुतावास अफगानीस्तानवाट विस्थापित गरेता पनि रसिया र चीनले विस्थापित गरेको थिएन ।

भारतले विगत २० वर्षमा अफगानीस्तानलाई ३ विलियनको अनुदान दिएता पनि आप्mनो सक्रियतालाई कम गरेको थियो । कोरनाको कहरले गर्दा अफगानीस्तानमा खाद्यपान र औषधीको व्यापक संकट निर्माण भयो । बम र वारुद निर्यात गर्ने मुलुकहरूले औषधी र सदपानीको समस्यालाई समाधान गर्न सकेन । भारतले आफ्नो सभ्यता, संस्कृती, भूगोल र प्रजातान्त्रिक मूल्य र मान्यतालार्य स्मरण गर्दै विगतका दिनहरूमा अफगानीस्तानलाई प्रचूर सहयोग गरेका छन् । उक्त पृष्टभूमीले गर्दा व्रिकस शिखर सम्मेलनको अवस्थामा नै भारतले पुनः अफगानीस्तानमा दुतावास सुचारु गरेका छन् । साथ साथै शिखर सम्मेलनले आतंकवादसंग जुध्न पनि साझा संकल्प जाहेर गरेका छन् ।

विगतका दिनहरूमा दक्षिण अफ्रिकाको मोजाम्वीक पनि इश्लामिक कटर पन्थीहरू आतंकवादी क्रियाकलापहरू गरिरहेका छन् भने रसिया र चीनले पनि इश्लामिक कटरपन्थीको गतिविधिलाई नियाली रहेको छ । भारत आप्mनो उषाकालदेखि नै आतंकवादसंग जुधिरहेको छ । यस पृष्टभूमीमा व्रिक्सले आतंकवादको विरोधमा साझा संकल्प अगाडी सारेका छन् । व्रिक्सको सफलता नै भारत चीनको सम्वन्धमा निर्भर पर्दछ । चीनको आर्थिक विकासको निरन्तरताको लागि भारतको बजार आवश्यक छ । यस अवस्थामा राष्ट्रपति सी ले भारतसंग सम्वन्धलाई राजनीतिक भाष्य बनाउनु चीनको लागि आत्मघाती हुने छ भने भारतले पनि चीनको प्रविधि र कच्चा पदार्थलाई प्रचूर मात्रामा प्रयोग गर्दै आर्थिक विकासको यात्रामा छलाङ्ग लगाउनु पर्दछ ।