काठमाडौं, १३ भदौ । यही भदौ २१ गतेदेखि आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आईपसगेको छ । पाकिस्तानी टिम आइतबार राति नै काठमाडौं आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ९ एन्फा०का सदस्य सरिला श्रेष्ठ र मनिष जोशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
पाकिस्तान ‘समूह ए’ मा छ । यस समूहमा साविक विजेता भारत, बंगलादेश र माल्दिभ्स पनि छ ।आयोजक नेपालसहित भुटान र श्रीलंका ‘समूह बी’ छन् । भुटानको टिम यसअघि नै नेपाल आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्