जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १२:३०

समर पार्टी कस्तो मेकअप गर्ने ?


मेकअप प्रारम्भ गर्नुभन्दा अनुहारमा क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि अनुहारको टोनअनुसार कलर छनोट गर्नुपर्छ । एल्लो टोनमा एल्लो कलर नै प्रयोग राम्रो हुन्छ । क्राइलोनको एफएस सिरिज फाउन्डेसन र अल्ट्रा बेस कलरलाई मिक्स गरेर ब्रसको सहायताले अनुहारमा प्रयोग गर्नुपर्छ । त्यसपछि ब्रसले राम्रोसाग पोलिसिङ गर्नुपर्छ । आइ सर्कलको डार्क एरियामा केही गाढा बेस लगाउनुपर्छ, विओविको लिप प्यालेटबाट लिपकलर लिई औलाले चिकबोन्समा प्रयोग गर्नुपर्छ । त्यसपछि ब्रसबाट राम्ररी मर्ज गर्नुपर्छ । त्यसपछि ट्रान्सलुसन पाउडर एल्लो र नेचुरल कलर लिनुपर्छ, त्यसलाई स्पञ्जबाट प्रेसर दिएर अन्डर आइबाट लगाउन प्रारम्भ गर्दै सम्पूर्ण अनुहारमा लगाउनुपर्छ । त्यसपछि फ्यानब्रसबाट बफिङ गर्नुपर्छ ।

आाखाको मेकअप 

आाखाको मेकअपका लागि क्रीम प्यालेट प्रयोग गर्नुपर्छ । क्रिम बेस आइस्याडो मिसमरी सिल्भर कलर लिएर आधा आइबलमा लगाउनुपर्छ । त्यसपछि यसलाई राम्ररी मर्ज गर्नुपर्छ । आधी आइबेलमा गाढा पिंक कलरको स्याडो प्रयोग गर्नुपर्छ । त्यसपछि लाइट क्रिम कलरको पाउडर रामं्ररी मर्ज गर्नुपर्छ । ब्ल्याक आइस्याडोबाट नै ब्रसको सहायता लिई आइलाइनर लगाउनुपर्छ, त्यसपछि मस्कारा प्रयोग गर्नुपर्छ । आइब्रोजमा ब्ल्याकस्याडो सुहाउाछ ।

ब्लसर

चिकबोन्स ब्रसको सहायताले पिंक कलरको ब्लसर लगाउनुपर्छ । यही ब्लसर ब्रसबाट अनुहारको कटिङ पनि गर्नुपर्छ । त्यसपछि प\mयान ब्रसबाट बफिङ गर्नुपर्छ । अनुहारमा कुनै लाइन देखिनु हुादैन । यसपछि फ्यान ब्रसबाट नै सिल्भर ग्लिटर लिएर सम्पूर्ण अनुहारमा लगाउनुपर्छ । यसबाट अनुहारमा चमक कायम रहन्छ ।

ओठको मेकअप

ओठको मेकअपका लागि पहिले लिप्स एउटा बेस कोड दिनुपर्छ । त्यसपछि डार्क कलरबाट आउट लाइन बनाएर ड्रेससित मिल्दो लिपस्टिक ब्रसको सहायताले लिप्समा लगाउनुपर्छ । यसमा थोरै बढी ग्लस लगाउनुपर्छ ।

कपालको स्टाइल

कपाल काइायोले राम्ररी कोरिसकेपछि स्प्रे गर्नुपर्छ । अगाडिको कपाललाई छोडेर टपमा आर्टिफिसियल बन लगाएर पिनबाट सेट गर्नुपर्छ । अब अगाडिको कपालमा काइलो प्रयोग गरी स्प्रे गर्नुपर्छ र तिनलाई बनको माथिदेखि तलतर्फ लगेर पिनबाट सेट गर्नुपर्छ । बााकी रहेको कपाललाई त्यही वन जुरोमा समेट्नुपर्छ । पछाडिको कपालमा ब्याक कम्बिङ गरी स्प्रे गर्नुपर्छ । पछाडिको कपालको कैयन् भाग बनाएर तिनलाई टि्वस्ट गर्दै फोल्ड गरी जुरोको तलतिर पनि पिनबाट सेट गर्नुपर्छ । सम्पूर्ण कपालमा हेयर स्प्रे गर्नुपर्छ । यसपछि एक्सेसरिजले सजाउनुपर्छ ।