जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार ११:३१

केपी ओलीले अघि बढाएको सुनकोशी–मरिन डाइभर्सनको टनेल खन्ने काम सुरु


काठमाडौं, असोज २८ । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न सुरु हुँदैछ । आजबाट सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागेको हो ।

यो आयोजनाबाट मध्ये तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन हुने बताइएको छ ।

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोला तर्फबाट सुरुङ खन्न सुरु गर्ने छ । ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ ।

यो आयोजनाको ठेक्का नलाग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते शिलान्यास गनुभएको थियो ।