सुनसरी, कात्तिक १ । नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीको नेतृत्वमा तीन लाख वढी महिला आत्मनिर्भर बनेका छन ।
चौधरी अध्यक्ष रहेको फरवार्ड माइक्रोफाइनान्स मार्फत सुनसरीका मात्र होइन, देशका ४० जिल्लाका तीन लाख वढी महिला आत्मनिर्भर बनेका हुन । उनीहरु बिभिन्न उद्यम मार्फत आत्मनिर्भर बनेका छन । चौधरीको नेतृत्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ ।
फरवार्ड माइक्रोफाइनान्सको ४० जिल्लामा अहिले तीन लाख बढी सदस्य छन् । कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्डसँग जोडिएर करोडपति भएका छन । उद्यमी मात्र बनेका छैनन, समूदायलाई सचेत बनाउने अभियानमा पनि लागेका छन । महिला स्वयं आत्मनिर्भर नवनेसम्म समाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राखेर महिलालाई आय आर्जनमा सहभागी गराउन ११ जनाले तीन तीन सय उठाएर संस्था स्थापना गरेको अध्यक्ष चौधरीले स्मरण गर्नुभयो ।
संस्थाले सुरुमा गाँउ गाँउका महिलालाई बिभिन्न तालिम दिएर उत्प्रेरित गरेको थियो ।संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो । लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो ।जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो ।

‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे । कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे ।’ चौधरी विगतका संघर्षका कुरा सम्झनुहुन्छ । बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए ।
हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो । आज सुनसरीका मात्र हैन देशका ४० भन्दा बढी जिल्लाहरुमा भगवती चौधरीले नेतृत्व गरेको फरवार्ड माइक्रोफाइनान्सा शाखामार्फत तीन लाख वढी महिला आत्मनिर्भर भएका छन ।
स्थानीय चन्द्र प्रकाश चौधरी भन्नुहुन्छ, भगवती चौधरी भिजन भएको नेता हो ।
जनप्रतिनिध नहुदै उहाँले जनतालाई आत्मनिर्भर बनाउन यति धेरै योगदान दिनुभएको छ नीति निर्माण गर्ने तहमा हुदाँ सुनसरी ३ लाई मात्र होइन देशलाईनै फाइदा हुन्छ । चौधरीको अभियानलाई कोरिया देखि नियालिरहनुभएका कृष्ण राईको प्रतिक्रिया छ भगवती चौधरी आमा हुन मजदुर हुन शत्रुका लागि ज्वालामुखी हुन ।
सुनसरी ३ का वेलाउद्धिन खान सुनसरी ३ का जनताले यसपाल परिवर्तन चाहेको बताउनुहुन्छ
। महिला र युवाको स्वरोजगारको प्रष्ट भिजन मात्र होइन भगवती चौधरीले गरेका कामको परिणामनै देखिएको उहाँको भनाई छ । यसअघि ३० आंै बर्षदेखि सुनसरी ३ मा जितेर दर्जन बढी पटक मन्त्री भएका बिजय गच्छेदारले जनताले स्मरण गर्न लायक कुनै काम नगरेको बेलाउद्धिन खानको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्