जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १८:०८

काठमाडौंका तीन ठूुला कपडा गोदाममा राजस्व अनुसन्धानको सिलबन्दी


काठमाडौं,मंसिर १५ । राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको छ।

भन्सार छलेर ल्याइएका सामान गोदाममा राखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारी तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको हो।

नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा सिलबन्दी गरिएको बिभागले जनाएको छ । गोदाममा भन्सार छलेर ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको छ ।