काठमाडौं, ११ पुस । प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बन्नुभएको छ ।
एमालेबाट मन्त्री बन्नुभएको ज्वालाकुमारी साह, राजेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्