जनता टाइम्स

११ पुष २०७९, सोमबार १७:४८

टी २० लिग : जनकपुरको लगातार दोस्रो जित


काठमाडौं, ११ पुस । राजधानीमा जारी टी–ट्वान्टी लिगमा आजको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर किग्संलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा जनकपुरले ५ विकेटको जित हात पारेको हो ।

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि चाडविक वाल्टनले अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले तथा ट्रेभोन ग्रिफिथले २५ रन बनाए । शरफुदिन असरफले २३ रन बनाउँदा आदिल आलमले अविजित १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

विराटनगरका लागि नन्दन यादव,हुसेन तलात र रिजन ढकालले समान १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हँदै १ सय ४० रन बनायो । जनकपुरका लागि सिकन्दर राजाले ३८ रन तथा रोहित कुमार पौडेलले ३२ रन बनाए । हुसेन तलातले २८ रन जोड्दा अर्जुन साउदले १८ रन जोडे ।

जनकपुरका लागि ललित नारायण राजवंशीले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए । आदिल आलम र केशरिक विलियम्सले समान २–२ विकेट तथा सोमपाल कामीले १ विकेट लिए । पहिलो खेलमा पराजित विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल स्टारसँग पराजित भएको हो ।

विराटनगर २ खेलमा २ अंकका साथ अंक तालिकाको स्थानमा रहेको छ । पहिलो खेलमा पोखराविरुद्ध सहज जित निकालेको रोयल्सको पहिलो हार हो । रोयल्स २ खेलमा २ जितका साथ अंक तालिकाको स्थानमा रहेको छ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।