काठमाडौं, पुस २१ । सरकारले अर्थ सचिव र राजस्व सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहनु भएका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय भएको हो । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजश्व सचिवमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थसचिव कृष्णहरि पुष्कर राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्