काठमाडौं, २४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घघटाउने निर्णय गरेको हो ।
निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाएको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य घटाउन निर्देशन दिन दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिव मधु मरासीनी र निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो ।
४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि सचिव मरासीनी उपत्यका बाहिर भएकाले आजदेखि कार्यान्वयनमा आएको हो ।














प्रतिक्रिया दिनुहोस्