काठमाडौं, पुस २९ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सडक निर्माणको प्रगति तथा अवस्थाबारे बुझ्न अनुगमनमा निस्किनु भएको छ ।
प्राविधिकहरुको टोलीसहित शुक्रबार उपधानमन्त्री श्रेष्ठले काठमाडौंको स्रोहखुट्टे, लाजिम्पाट, ललितपुरको भैंसेपाटी र जावलाखेलका सडक अनुगमन गर्नुभएको हो ।
सडक अनुगमनमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची आयोजना निर्देशक र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशकसहितको प्राविधिक टोली सहभागी हुनुहुन्थ्यो ।
लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेर उपत्यकाका विभिन्न स्थानका सडक अलपत्र रहेका छन । बिहीबार मात्रै १५ आयोजनाको काम तोकिएको सीमाभित्र सक्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिनुभएको थियो ।
मन्त्री श्रेष्ठले बिहीबार सम्बन्धित निर्माण व्यवसायीलाई बोलाएर तोकिएको समय सीमामा निर्माण सक्न लिखित वाचासमेत गराउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्