काठमाडौं, पुस ३० । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व लिन चार जना उम्मेदवार मैदानमा उत्रिएका छन । यही माघ ६ गते हुन लागेको निर्वाचनमा अध्यक्षमा राजेन्द्र भण्डारीसहित चार जनाले उम्मेदवार दर्ता गराउनु भएको हो ।
अध्यक्षमा भण्डारीसँगै कुमुद खनाल, भुवनसिंह गुरुङ र इश्वरबहादुर जिसीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) किशोरकुमार केसी, धनलाल जैशीर सुराजकुमार पाण्डे, द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, अख्तर हुसेन, प्रमेश्वर अधिकारी र बाबुराम खडका, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, सञ्जय पनेरु, मोहनकुमार ढुंगेल, अनिल बोगटी र ओमबहादुर न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षपछिको दोस्रो कार्यकारी प्रमुख रहेको संघको महासचिवमा मिलन कट्टेल,मेघनाथ भुर्तेल र मधुकर रिजाल, सचिवमा राजेन्द्र अधिकारी, कर्णराज कटुवाल, हर्कबहादुर लिम्बु, गोमा गिरी क्षेत्री, टक्करबहादुर पाख्रिन र प्रेमराज लावती तथा कोषाध्यक्षा सरिता घले, हिरादेवी बुढाथोकी, हिमा गुरुङ, केदारनाथ अधिकारी र सरस्वती सुवेदीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै सदस्यहरुमा बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा ), शिबहरि मैनाली (सितल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतोले उममेदवारी र्ता गराउनु भएको छ ।
यस्तै सदस्यमै कैलाश पाठक, चन्द्रकमल श्रेष्ठ, तोरणकुमार कार्की, मो इजराईल, एकनारायण काफ्ले, गणेश कुँवर, फिरोज खाण, सुदिप पुडाँसाई, कामेश्वर साह, शिबबहादुर कुँवर, नारायण भुसाल, सरोजकुमारकुसवाह, भगिरथ भण्डारी, प्रेम गिरी, हरिबहादुर गिरी, देविमाया थापा, रामप्रसाद न्यौपाने, बासु पुडासैनी राजकाजी भोलान रबिक्रम श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । अध्यक्षमा चार जना उम्मेदवार रहे पनि मुख्य रुपमा राजेन्द्र भण्डारी र कुमुद खनाल समुहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्