जनता टाइम्स

३० पुष २०७९, शनिबार २०:४३

बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व लिन जुट्यो प्रगतिशिल मञ्च, एमाले महासचिवको उपस्थितिमा सुरु गर्यो बिशेष अभियान


काठमाडौं, पुस ३० । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चले बैदेशिक रोजगारको क्षेत्रमा देखिएको समस्या समाधान र बिकृति अत्न्य गर्ने उदघोष गरेको छ ।

आगामी माघ ६ गते हुन गइरहेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनको तयारी स्वरुप आज आयोजित चुनावी सभामा मञ्चले यस्तो उदघोष गरेको हो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न चुनावी सभामा संघमा मञ्चका तर्फबाट अध्यक्षका उम्मेदवार राजेन्द्र भण्डारीसहितका उम्मेदवार र मञ्चका पदाधिकारीहरुले चुनाव जितेपछि यस क्षेत्रमाथि भइरहेको आक्रमणलाई कम गर्नुका साथै बिकृति पनि अन्त्य गर्ने बताउनु भयो ।

संघको निर्वाचनमा मञ्चले राजेन्द्र भण्डारीलाई अध्यक्षमा उम्मेदवार बनाएको छ । यस्तै प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घलेलाई उम्मेदवार बनाएको छ ।

यस्तै सदस्यहरुमा मञ्चबाट बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा ), शिबहरि मैनाली (सितल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतोले उम्मेदवार हुनुहुन्छ ।

चुनावी सभामा बोल्दै एमाले महासचिव पोखरेलले चुनावमा जितेर यस क्षेत्रको समस्या समाधान गर्ने कुराको नेतृत्व लिन शुभकामना दिनुभयो । उहाँले एमालेले मात्रै समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न सक्ने भएकोले हरेक मोर्चामा सफलता हासिल गर्न आवश्यक रहेको र संघको नेतृत्वको लागि सवै ब्यवसायीको हितलाई ध्यानमा राखेर अघि बढन सुझाव दिनुभयो ।