जनता टाइम्स

१७ बैशाख २०८०, आईतवार १८:२५

उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी


काठमाडौं, १७ वैशाख । उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ ।

सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उप्रधानमन्त्री खड्काबीच आइतबार छलफल भएको हो ।

रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिनुभएको छ ।

सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उहाँले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिनुभयो । माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै उहाँले आइतबार बेलुकादेखि नै वार्ता हुने जानकारी दिनुभयो ।