जनता टाइम्स

२० बैशाख २०८०, बुधबार ०७:२३

मलेसियाबाट पुनः श्रम स्वीकृति सुरु


काठमाडौँ, २० वैशाख । मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा रहेर काम गरिरहेका आफ्ना नागरिकलाई अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा दिन थालेको छ । मलेसियामा रहेको दूतावासले वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार सूचना व्यवस्था प्रणाली ९फेमिस०मा जोडिएर ती देशबाट श्रम स्वीकृति दिने व्यवस्था भएको सम्बन्धित दूतावासले जानकारी गराएका छन् । अनलाइनबाट सबै प्रक्रिया अघि बढाए अन्तिममा गएर श्रम स्वीकृति दिने ठाउँमा भने मलेसियाबाट हो भने मलेसियामा रहेको नेपाली दूतावास र कतारबाट हो भने दोहा कतार भनेर छनोट गर्नुपर्छ ।

श्रम स्वीकृति लिनुपूर्व वैदेशिक रोजगार कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषलाई तिनुपर्ने रकम बुझाउनु पर्छ । पैसा कनेक्ट आईपीसएसलगायत एपबाट तिर्न सकिने छ । श्रम स्वीकृति दिँदा नै सामाजिक सुरक्षा नम्बर पनि पाइने व्यवस्था छ । श्रम स्वीकृतिको आवेदन दिँदा सामाजिक सुरक्षा नम्बर उपलब्ध भएन भने सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत कोषमा आबद्ध हुन सकिने छ । गोरखापत्रबाट