काठमाडौं, २७ भदौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिनेछ ।
हिजो दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिनेछ ।
बुधवार १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजे पछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्