जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार ०८:१६

जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा


काठमाडौं, १९ कार्तिक । अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ ।

पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। हिजोसहित आज बिहानको लागि पनि निःशुल्क बसको व्यवस्था गरिएको छ।

जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

उता, पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि एउटा निःशुल्क बसको व्यवस्था गरेको छ।