जनता टाइम्स

२५ मंसिर २०८०, सोमबार १४:१७

प्रेस सेन्टरका पत्रकारलाई प्रचण्डको उर्दी – एनसेल प्रकरणमा मेरो जोडे प्रतिवाद गर्नोस्


काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा आफ्नो नाम जाडिएका आपत्ति जनाउनु भएको छ । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभयो।

अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उहाँले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो । तपाईं कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’