महोत्तरी, २९ मंसिर । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा(एमाले)का सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाउँदा लोसपाका तर्फबाट मधेस प्रदेश सांसद अभिराम शर्मालगायत ७ जनाले जन्म कैदको सजाय पाउनुभएको छ ।
जन्मकैदको सजाय पाउने लोसपाका मधेस प्रदेश संसदीय दलका नेता शर्मालगायत प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर रामाशंकर मिश्र, सुरेश पाण्डे, धमेन्द्र राय हुनुहुन्छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बिहीबार सुनाएको फैसलामा संघीय सांसद काईरीसंगै पवन कापरलाई सफाइ दिएको दिइएको छ ।
जन्मकैदको सजाय पाउनेहरू सबै लोसपाका स्थानीय नेता तथा महन्थ ठाकुरलाई महोत्तरी क्षेत्रनं. –३ बाट सांसद बनाउने मुख्य सारथी हुनुहुन्छ । अभिराम शर्मा मधेस प्रदेशको राज्यमन्त्री भएर पाँच विताएर पुनः प्रदेश सांसद विजयी हुनुभएको हो भने रामाशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ ।
मधेस आन्दोलन भइरहँदा २०७२ भदौ २५ मा सशस्त्र प्रहरीका असई विक घाइते हुनुभएको थियो । उहाँलाई उपचारार्थ जलेश्वरबाट जनकपुर लग्दै गर्दा जलेश्वरभन्दा करिव १० किमिटर टाढा सनुखडा भन्ने गाउँमा एम्बुलेन्सबाट थुतेर कुटपिट गर्र्दा मृत्यु भएको थियो । २०७५ साल साउनमा पुर्पक्षका लागि बहस हुँदा एमाले सांसद कोइरीसहित अहिले जन्मकैदको सजाय पाउने लगभग सबै साधारण तारेखमा छुटेका थिए ।
पछि पुनरावेदन अदालतले अन्यको हकमा जिल्लाको निर्णय सही मानेपनि कोइरीले तारेख गुजारेकाले थुनामा राखेर पुर्पक्ष गर्ने निर्णय दिएको थियो । त्यहीबीच महोत्तरी क्षेत्रनं. १ बाट माओवादीका यसअघि चार पटकसम्मका विजेता हरेक पटक मन्त्री भएका गिरिराजमणी पोखरेललाई पराजयको स्वाद चखाएपछि उहाँको चर्चा चुलिएको थियो ।
सांसदकोरूपमा सपथ लिएर पहिलो पटक प्रधानमन्त्रीको निर्वाचनमा सहभागितामा पनि जनाइसकेपछि संसदभित्र उहाँको चर्को विरोध हुनथालेपछि सभामुखले निलम्बन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्