जनता टाइम्स

९ पुष २०८०, सोमबार १९:४७

बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक सुरु, संक्रमणकालीन न्यायसम्बन्धी छलफल


काठमाडौं, ९ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षसहितका नेताहरू सहभागी छन् ।

छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी हुनुहुन्छ ।

यस्तै बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल भइरहेको छ ।