काठमाडौँ, १४ पुस । नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आवद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात गरेको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ ।
नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । विसं २०७६ मा ल्याइएको राष्ट्रिय विज्ञान प्रविधि र नवप्रवर्तन नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरुलाई समेट्ने प्रयास गरेको छ । आर्टिफिसियल इन्टिलिजेन्स ९एआई०, नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इन्जिनियरिङको अधिकतम् उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यवसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रुपमा लिइएको छ ।
नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्थापनादेखि निरन्तर रुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू–सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुनेछ । प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गर्न विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भैसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ ।
मुलुकमा विज्ञान र प्रविधिको प्रवद्र्धनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले स्थापनाकालदेखि विज्ञान तथा प्रविधिलाई विकाससँग आवद्ध गरी यसको लाभ र उपलब्धिलाई आम जनतामा प्रवाह गरी गुणस्तरीय जीवन हासिल गर्नेमा जोड दिँदै आएको छ । जनताको आवश्यकता र समाज परिवर्तनका लागि वैज्ञानिक अध्ययन र क्रियाकलापहरु सञ्चालनमा विशेष जोड दिँदै नास्टले आफ्ना गतिविधिहरु समाज केन्द्रित गरेर अगाडि बढाइरहेको छ । विश्लेषणात्मक सेवा केन्द्रमार्फत जीवनका हरेक आवश्यक विश्लेषणात्मक कार्यमा जनतालाई सेवा पु¥याउने कार्यमा विज्ञानमा आधारित भई आफ्नो सङ्काय र केन्द्रहरु स्थापना गरिएका छन् ।
नास्टको स्थापना भएको चार दशक भैसकेको छ । विज्ञान र प्रविधिको विकास गर्न नास्टले आफ्नो भूमिका अब फरक ढङ्गबाट निभाउन जरुरत भैसकेको पनि देखिन्छ । तसर्थः आफ्नो चार दशक अगाडि बनाइएको संरचनामा परिमार्जित गर्नु आवश्यक भएको महसुस नास्टले गरेको छ । यसैलाई मनन गरी नास्टको संरचना परिमार्जन गर्दै यसका गतिविधिलाई अझ सशक्त ढङ्गबाट अगाडि बढाउन यसका उद्देश्य र संरचना पुन परिभाषित र परिमार्जन गर्न मन्त्रालयको प्रतिनिधि सहित विभिन्न प्राज्ञिक संस्थाका प्रतिनिधिहरु सम्मिलित भएको एक संरचना परिमार्जन समितिमार्फत कार्य अगाडि बढाइ रहेको छ ।
विज्ञान प्रविधि क्षेत्रको कार्य अन्तरसम्बन्धित भएको हुँदा विभिन्न सङ्घसंस्थाहरु बीच सहकार्य र समन्वयनमा मात्र सम्भव छ । एकल संस्थाको प्रयासबाट मात्र सफलता प्राप्त गर्न कठिन हुने हुन्छ । नास्टले यस कुरालाई मनन गरी राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य र समन्वयन गरी आफ्नो गतिविधि सञ्चालित गरिरहेको छ । पछिल्लो चार वर्षमा करिब चार दर्जन सरकारी, गैरसरकारी, विभिन्न स्थानीय तह, मन्त्रालय, अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समझदारीपत्र र सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्य र समन्वयमा वैज्ञानिक गतिविधिहरु अगाडि बढाएको छ ।
हालै प्रधानमन्त्रीले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन समुद्घाटन गर्नुभएको छ । यसले अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानका परीक्षणहरू र नतिजाहरु निस्कने वातावरण सिर्जना हुनेछ । प्रविधि विकास भवनबाट प्रविधि विकास र हस्तान्तरणमा सहज हुने, प्रयोगशालाको विकास हुने वातावरण निर्माण गर्न टेवा पुग्ने तथा बायोमेडिकल रिसर्च ल्याबोरेटरी नेपालका औषधिजन्य गुण भएका र औषधि विकास गर्न आवश्यक पर्ने परीक्षणहरु गर्न सहयोग पुग्नेछ ।
विज्ञान र प्रविधिको कुनै सीमा हुँदैन । एक ठाउँको अनुसन्धान र आविस्कार अर्को ठाउँमा सजिलै उपलब्ध र उपयोगी हुने हुँदा विकासको गति विश्वमा अद्भूत रुपमा भैरहेको छ । नास्टले पनि विज्ञान कुटनीतिमा विश्वास राखी विज्ञान कुटनीतिलाई प्रयोग गरी नास्टको समुन्नति र विज्ञान प्रविधि क्षेत्रका विकासमा अग्रसर हुने खालको गतिविधिलाई बढवा दिंदैछ । कोरिया सरकारको एनआइए संस्थाको सहयोगमा नास्टस्थित इन्फरमेशन एक्सेस सेन्टर स्थापना गरी सूचना र सञ्चारसम्बन्धी ज्ञान विद्यार्थी र इच्छुकहरुलाई दिदै आइरहेको छ । नास्टले आफ्नो गतिविधि सञ्चालन गर्दा समावेशीतालाई विशेष ध्यान दिएको छ । युवा वैज्ञानिक फोरम र महिला वैज्ञानिक फोरम स्थापना गरी युवा र महिला वैज्ञानिकको क्षमता अभिवृद्धि गर्ने र युवा एवं महिला वैज्ञानिक र प्राविधिकलाई सहयोग र प्रोत्साहन गर्ने खालका गतिविधिहरु सञ्चालनमा नास्टले सहयोग पु¥याउँदै आएको छ । विज्ञान विषयका विद्यार्थीदेखि शिक्षकसम्म युवा नवप्रर्वतनदेखि विश्वविद्यालयका अनुसन्धान कर्तासम्मलाई विभिन्न ढङ्गबाट सहयोग पु¥याउँदै आएको छ । विभिन्न संस्थागत प्रतिनिधित्व हुने गरी १६ वटा उपसमितिहरुमार्फत नास्टका गतिविधिमा सहभागी हुने अवसर पनि प्रदान गरिएको छ ।
नास्टले आफ्नो समुन्नतिमा पनि ध्यान दिंदै विज्ञान प्रविधि क्षेत्रको अनुसन्धानमा जोड दिएको छ । ं रेडियसनसम्बन्धी अध्ययनलाई सहयोग पु¥याउन बन्करसहित अनुसन्धान भवन निर्माण गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै आफूले दिइरहेको सेवालाई एकीकृत गरी सहज र प्रभावकारी ढङ्गबाट सर्वसाधारण, सङ्घसंस्थालाई विश्लेषणात्मक सेवा एकै ठाउँबाट दिन विश्लेषणात्मक सेवा केन्द्रको थालनी नास्टले गरेको छ । ४०० मेगाहर्जको एनएमआर, सिएचएनएस एनालाइजर, एलसी–एमएस, जिसी–एमएस जस्ता अत्याधुनिक उपकरणहरुसहित नाष्टस्थित प्रयोगशालालाई अत्याधुनिक एवं समुन्नत पनि बनाइएको छ । प्रत्येक प्रदेशमा एक÷एक वटा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य समेतलाई अगाडि बढाई हालसम्म चारवटा केन्द्र स्थापना भइसकेको छ भने अरु दुई तत्कालै खोल्ने प्रक्रियामा रहेका छन् । एक शाखा भने प्रयोगशालामा रुपान्तरण हुने प्रक्रियामा रहेको छ । नास्टले आफ्ना गतिविधि सञ्चालन गर्दा सिर्जनशीलतामा जोड दिएको छ । नास्ट अवस्थित सातदोबाटोदेखि गोदावरीसम्ममा करिब ११ किमि सडकका वरिपरि रहेका वैज्ञानिक सङ्घसंस्थासँग सहकार्य गरी विज्ञान शहरको अवधारणा विकास गरेको छ । यसबाट विज्ञान र प्रविधिप्रति रुचि सर्वसाधारण र विद्यार्थीमा बढाउन एवं विज्ञान प्रविधिसम्बन्धी जानकारीमूलक भ्रमण गर्ने अवसर प्राप्त हुन्छ । नास्टले आफ्नो हाताभित्र विज्ञान र प्रविधि र नवप्रवर्तन पार्क अर्थात विज्ञान पार्कको अवधारणा विकास गरी कार्य अगाडि बढाएको छ ।
विज्ञान प्रविधिको विकासमा फड्को मार्न नसकेका कारण आज देशबाट धेरै युवा प्रतिभाहरु विदेश पलायन भएका छन् । राज्यको सर्वाङ्गीण विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिको समुचित उपयोग गर्नसक्ने क्षमताको अभिवृद्धि गर्नु जरुरी हुन्छ । नास्टले वैज्ञानिक सङ्घ÷संस्थाहरुलगायत वैज्ञानिक र प्राविधिकहरुलाई वैज्ञानिक क्रियाकलापमा सहयोग गर्न कार्यविधिहरु निर्णय गरी क्रमश सहयोगमा वृद्धि गर्दै लगेको छ । पिएचडी र स्नातकोत्तरका विद्यार्थीलाई शोधपत्र तयार पार्न आर्थिक सहयोग गर्नुका साथै अनुसन्धानकर्ताहरुलाई अनुसन्धान वृत्ति प्रदान गर्ने गरेको छ । यस्तै विद्यार्थीहरुलाई अनुसन्धान गर्न विज्ञान र प्रविधि संकायमार्फत सञ्चालित प्रयोगशाला उपलब्ध एवं सुपरीवेक्षण गर्ने व्यवस्था मिलाइएको छ । युवा पलायनलाई रोक्न, अनुसन्धानमा अभिमुखीकरण गर्न र राष्ट्रको समस्या नजिकबाट नियाल्न सहयोग पनि पुगोस् र युवाहरुलाई रोजगारीको अवसर पनि जुटोस् भनेर रिसर्च असिस्ट्यान्ट, रिसर्च फलो, एशोसियट रिसर्च फेलोजस्ता अनुसन्धान वृत्ति कार्यक्रमहरु सञ्चालन गरी अनुसन्धानकर्मीलाई अवसर सिर्जना गरिएको छ । चालिस वर्षभन्दा कम उमेरले एशोसियट नास्ट फेलो, विशिष्ट अनुसन्धानकर्मी र विज्ञलाई एमिनेन्ट नास्ट फेलो दिने व्यवस्थाले विज्ञहरुलाई अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने अवसर पनि नास्टले प्रदान गर्दै आइरहेको छ ।
विज्ञान तथा प्रविधि प्राथमिकतामा परेको भएपनि लगानीमार्फत सुनिश्चित गर्न सकेका छैनौं । पर्याप्त बजेट नहुँदा नयाँ अनुसन्धान गर्न सकिएको छैन भने गरिएका अनुसन्धानका आधारमा प्रविधिको विकास हुन सकेको छैन । अर्को मुख्य चुनौतीका रुपमा जनशक्तिको पलायन मुख्य बनेको छ । हामीसँग विज्ञान प्रविधिका क्षेत्रमा गहिरो ज्ञान र अनुभव भएका पर्याप्त जनशक्ति भएपनि उनीहरुलाई परिचालन गर्न आर्थिक, प्राविधिक र संस्थागत संरचनाको अभावले सकेका छैनौं । त्यस्तै विज्ञान कुटनीतिलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउन सकिएको छैन ।
विज्ञान बिना विकास सम्भव छैन । हाम्रोजस्तो विकाशोन्मुख देशमा विकासका लागि विज्ञान हुनु आवश्यक छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । त्यसैले नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रुपमा नेपाली समाजमा स्थापित गर्दै आएको छ । वैज्ञानिक अनुसन्धानबाट प्रतिपादन ज्ञान र परम्परागत एवं उदीयमान प्रविधिका उपलब्धिलाई आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित गर्ने तथा देशमा उपलब्ध प्राकृति स्रोत साधनको वुटिमत्तापूर्वक उपयोगमा जोड दिनु पर्ने देखिन्छ । विज्ञान तथा प्रविधिलाई उत्पादनको साधन तथा विकासको पूर्वाधारको रुपमा अंगीकार गरी यस क्षेत्रमा राज्यको लगानी उल्लेख्य वृद्धि गरी अनुसन्धान तथा प्रविधिमा प्राथमिकता दिनु आवश्यक छ ।
जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ । स्वच्छ वातावरण, स्वास्थ्य खाद्य, आवास, पूर्वाधार, सूचना–सञ्चार, शिक्षा र सामाजिक सुरक्षालगायतका विषयमा विज्ञान र प्रविधि र नवप्रवर्तनात्मक कार्य गरी सुखी एवं समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउन आवश्यक छ । उदीयमान प्रविधिको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै नवप्रवर्तनलाई दिगो विकासका लक्ष्यसँग तादम्यता गर्नेतर्फ हाम्रो प्रयासहरु केन्द्रित हुनुपर्ने छ । आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्ने कार्य भइरहेको छ । देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी रणनीतिक योजनाहरूको खाका तयार गरिनेछ । नेपालको हालको मुख्य समस्या भनेको फोहोरमैला व्यवस्थापन, गुणस्तरीय मलको अभाव, ऊर्जाको विविधीकरण, जडिबुटीको उपयोग र प्रशोधन, वन पैदावरको उचित प्रयोग आदि नै हुन् र त्यसमा पनि हामी चुकेको युवा पलायन रोक्न र सम्बन्धित प्रविधिको प्रयोग गरी सकारात्मक सन्देश प्रवाह गर्न नसक्नु नै हो । देश छाडेर विकास हुँदैन, नकारात्मकतालाई प्रोत्साहन गरेर पनि व्यक्तिगत प्रगति हुँदैन । त्यसैले सिर्जनशील युवा विकासमा केन्द्रित हुन विज्ञान र प्रविधिप्रति आकर्षण थपेर सकारात्मक समाज निर्माण गर्नु आजको आवश्यकता रहेको छ । ९नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० का सदस्यसचिव डा रविन्द्रप्रसाद ढकालसँग राष्ट्रिय समाचार समिति ९रासस० का आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश०
प्रतिक्रिया दिनुहोस्