जनता टाइम्स

१४ पुष २०८०, शनिबार १९:०९

बालकुमारी घटना : प्रधानमन्त्री, गृहमन्त्री र पूर्वाधार मन्त्रीको राजीनामा माग्दै दैलेखमा आन्दोलन


दैलेख, १४ पुस । ललितपुरको बालकुमारीमा हिजो भएको आन्दोलनमा दैलेखका २२ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएपछि दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन भएको छ । आज दैलेखको सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म यहाँका बासिन्दाले आन्दोलन गरेका हुन् ।

आन्दोलनकारीले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै सरकारविरुद्ध युवाहरुको समूह र विभिन्न राजनीति दलका व्यक्तिहरुले सरकारविरुद्ध आन्दोलन गरेका हुन् । पीडितलाई न्याय दे, नालायक सरकार राजीनामा दे, हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै आन्दोलन गरेका हुन् ।

प्रचण्डलाई फाँसि दे, युवाको हत्या गर्नेलाई फाँसि दे भन्दै आन्दोलन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गरेका हुन् । उनिहरुले मलाई मेरो भविष्य देख्ने अधिकार छैन भन्दै प्रश्न पनि गरेका थिए । सरकार तातो गोली होइन, स्वदेशमै रोजगार दे भन्दै जुलुश गरेका हुन् ।