काठमाडौं, १९ पुस । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुग्नुभएको छ । भारतीय वायुसेनाको विशेष विमान आइएफसी ३१ बाट विहान साढे ८ बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको थियो । मन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको हो । उहाँ विमानस्थबाट बास बस्नका लागि व्यवस्था गरिएको नक्सालस्थित होटेल मेरिटमा गएर केहीबेर आराम गर्ने कार्यक्रम रहेको छ। त्यसपछि जंयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट हुने छ ।
मन्त्री जयशंकरले विहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उहाँ दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा सुरू हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुुनुहुने छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्दै छन्।













प्रतिक्रिया दिनुहोस्