जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १६:५१

डा. केसीको क्रेज ह्वातै घट्यो, प्रर्दशनमा न्युन उपस्थित


काठमाडौं, असोज ४

मेडिकलमा देखिएका विकृतिविरुद्ध डा. गोविन्द केसी भन्ने वित्तिकै कुनै बेला सरकार पनि डराउथ्यो । उनले अनसन बस्ने भनेपछि सरकारले पनि त्यसलाई निक्कै चासोका साथ हेथ्यों । नागरिक समाज, विद्यार्थी, विभिन्न दलसहित आम सर्वसाधारणले पनि उनलाई समर्थन गर्दथे ।

तर, समय अहिले फेरिएको छ । तिनै डा. ले आव्हान गरेको प्रर्दशनमा किन कोही उपस्थित हुदैन । यो प्रश्नले डा. केसीलाई पनि पिरोलिरहेको छ । शनिवार माइतीघर मण्डलामा सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै शान्तिपूर्ण प्रर्दशन गरेका थिए । तर, उनको प्रर्दशनमा औलामा गन्न सकिने मानिस मात्र उपस्थित भए ।

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार बनेपछि डा. केसी फेरी अनसन बसे । उनको अनसन मेडिकल भन्दा पनि राजनीतितिर बढि हावी भएको उनका मागले देखाएका थिए । उनले केही राजनीतिक मागसहित अनसन शुरु गरेपछि विवादमा फसे । एउटा अभियान्ताले राजनीतिक माग पुरा गर भनेर अनसन बस्न मिल्छ ? भन्ने प्रश्न उब्जियो ।

जसले गर्दा उनले पाएको मान प्रतिष्ठामा निक्कै ठुलो चोट ब्यहोर्नु परेको थियो । त्यस्तै त्यस्तै विवादमा फस्दै गएका डां केसी अहिले एक्लिएका त हैनन् । वा उनलाई त्यसबेला कसैले परिचालन त गरेको थिएन् भन्ने प्रश्न उब्जिन थालेको उनका आलोचक बताउछन् ।