काठमाडौं, २१ माघ । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गर्नुभएको छ ।
सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आज सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गर्नुभएको हो ।
सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्