रौतहट २४ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली भोली रौतहट आउनुहुने भएको छ । नेकपा एमालेको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लाग्नुभएको हो । एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिनुभयो ।
दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्