जनता टाइम्स

२७ माघ २०८०, शनिबार १७:००

एमाले महोत्तरीमा केन्दीय सदस्य सरोज यादव समर्थित बलिराम यादवको प्यानलै विजयी


बर्दिवास, २७ माघ । नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनबाट बलराम यादव नेतृत्वको प्यानलै विजयी भएको छ ।

जसअनुसार अध्यक्ष यादवसहित उपाध्यक्षमा अम्विका गौतम, सचिवमा शम्भु ठाकुर र उपसचिवमा फेकन राम तथा विन्दु किङरिङ विजयी हुनु भएको छ । सहमतिको प्रयास विफल भएपछि दुई प्यानलै बनाएर निर्वाचन भएको थियो । विजेता बलराम यादवलाई केन्दीय सदस्य तथा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवको समर्थन थियो भने अर्का अध्यक्षका प्रत्यासी शिवचन्द्र सिंहलाई पोटिलब्युरो सदस्य रामदयाल मण्डलको समर्थन थियो ।

लामो समय एमाले महोत्तरीमा एकलौटी हालीमुहाली चलाउँदै आउनुभएका हाल पोलटब्युरो सदस्य रामदयाल मण्डलको राजनीति यससंगै ओरालो लागेको बताइन्छ । केन्द्रीय सदस्य सरोज युवा नेता हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीति यात्रा सुरु गर्नु भएका यादवले महोत्तरी मात्र होइन मधेश प्रदेशमै पार्टीभित्र केन्दीय सचिव रघुवीर महासेठको प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

एमाले महोत्तरी जिल्ला अधिवेशनमा निकै विवाद र रस्साकस्सीपछि दुई दिन ढिला गरी भएको निर्वाचनमा सतहमा बलराम यादव र शिवचन्द्र सिंहको प्यानल भनिए पनि रामदयाल मण्डल र सरोज यादवको जुँगाको लडाई ओपनसेक्रेट थियो । रामदयाल मण्डलको प्यानललाई भित्रीरूपमा सचिव महासेठको समर्थन रहेको बताइन्छ । केन्द्रीय सदस्य जुली समहासेठ महोत्तरी जिल्ला इञ्चार्ज हुनुहुन्छ । पोलिटब्युरो सदस्य मण्डल समर्थित सिंहको प्यानलै सयभन्दा बढी मतान्तरले पराजित भएको छ ।