काठमाडौं, २८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल गम्भीर सडक दुर्घटनाबाट जोगिनुभएको छ । हिजो एमाले दैलेख जिल्ला अधिवेशन उद्दघाटन गर्न हिँडेका महासचिव पोखरेल सवार स्कार्पियो दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ को मटेला नजिक दुर्घटनामा परेको हो ।
पोखरेल सवार भे १ च ३६९ नम्बरको स्कार्पियो जिप साँघुरो सडकका कारण दुर्घटनामा परेको जनाइएको छ । दिउँसो करिब ३ बजेको समयमा सुर्खेतबाट दैलेख सदरमुकाम हिँडेका पोखरेलसहित गाडीमा एमाले प्रदेश कमिटी उपसचिव पद्मा खड्का, संघीय सांसद दिपा शर्मालगायत पाँच जना सवार हुनुहुन्थ्यो । उनीहरूलाई सामान्य चोट लागेको छ ।
महासचिव पोखरेल, जिल्ला अधिवेशन उद्घाटन गरी आज काठमाडौं फर्किसक्नुभएको छ । उपमहासचिव विष्णु रिमालका अनुसार गाडी शनिवार दुर्घटना भएको थियो । उहाँले आज एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो । दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उहाँको हातमा प्लास्टर गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्