जनता टाइम्स

२८ माघ २०८०, आईतवार १८:१२

कांग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक


काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ३ गते बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिनुभएको छ ।

बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्नेछ । उहाँका अनुसार बैठकमा फागुनको दोस्रो साता बस्ने महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ ।