जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १२:५१

बालुवाटार जग्गा प्रकरण : अख्तियारले यसकारण दियो माधव नेपाललाई क्लिनचिट


राधाकृष्ण देउजा

भनिन्छ नि मान्छेलाई फत्तुर आरोप लगाएर वदनाम गर्न सकिन्छ तर त्यस्ता आरोपहरुलाई तथ्यले पुष्टि गरेन भने त्यस्ता फत्तुर आरोप पानीको फोहोरा सावित हुनेछ । चर्चित ललिता निवास जग्गा प्रकरणमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम जोडेर वदनाम गर्ने कोशिस भएकोमा उहाँँ स्वयंले त्यसको सत्य तथ्य छानविन होस र गल्ती देखिए आफूसमेत कारवाही भोग्न तयार रहेको सार्वजनिक घोषणा गर्नुभएको थियो ।

त्यति मात्रै नभएर त्यसको जडसम्म छानविन गर्न र गलत गर्ने जोसुकैलाई नछोड्न उहाँले निरन्तर माग गर्दै आउनुभएको छ । यस्तैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कानुनी छलफलको दौरान निम्न कारणले उहाँको संलग्नता नदेखिएकोले उहाँलाई वयानमा बोलाउनेसम्म गर्नु पनि उचित नहुने ठहर गरेको कुरा विश्वसनीय समाचारपत्रहरु मार्फत सार्वजनिक भएका छन ।

१. अख्यिारका कानुनविद र बाहिरका केही कानुनविदहरुसंगको छलफलले त्यस विषयमा प्रधानमन्त्रीका रुपमा माधव नेपाल दोषी देखिने कानुनी आधार नभएकाले बयानमा बोलाउन आवश्यक नभएको सुझाए ।

२. तत्कालीन प्रधानमन्त्री नेपालले जग्गा दलालसँग मिलेर प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय गरेको कुनै स्पष्ट आधार, प्रमाण नभएको र उनको राजनीतिक इमानदारीका विषयमा समेत कसैले प्रश्न नउठाएका कारण तत्काल बयानमा बोलाउँदा पार्टी्भित्रकै आन्तरिक विवादबाट अख्तियार प्रभावित भएको आरोपसमेत लाग्ने भएकाले बयानमा नबोलाउने निष्कर्षमा अख्तियार पुग्यो । नेकपाभित्र नेपाललार्ई भित्तामा पुर्याउन कोसिस भइरहेको अवस्थामा ललितानिवास जग्गा प्रकरणमा अनावश्यक हुँदाहुँदै पनि बयान दिन लगाउँदा राजनीतिक रुपमा उनको शक्ति क्षीण बनाउन सकिन्छ भन्ने शक्ति सक्रिय भएको आभास पाएपछि अख्तियार त्यसबाट पनि जोगिन चाह्यो र आफ्नो निस्पक्षता कायम गर्ने बाटो रोज्यो ।

३. अख्तियारलार्ई यस विषयमा सुझाव माग हुँदा कानुनविदहरुले त्यस प्रकरणमा माधव नेपाल आफैं संलग्न भएर निर्णय गरेको नदेखिएकोले उनीविरुद्ध आरोप पुष्टि हुनै नसक्ने सुझाव दिएको । प्रष्ट कानुनी आधार फेला नपरेको र जग्गा दलालसँग माधव नेपालको कुनै सम्पर्क सम्बन्ध नदेखिएकाले उनलार्ई बयानमै बोलाउनुपर्ने आधार नदेखिएको सुझाव समेत आएको ।

४. विवादस्पद भएको त्यस निर्णय हुने दौरान तत्कालिन प्रधानमन्त्री नेपाल आफैं सो निर्णयमा सहभागी भएको भन्दा पनि तत्कालीन भूमिसुधार मन्त्रालयले निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा नै त्रुटिपूर्ण देखिएको र पूर्वप्रधानमन्त्री नेपालले जुनसुकै ओहोदा वा भूमिकामा रहे पनि ललितानिवासको जग्गा हडप्नेमाथि कुनै मोलाहिजा नगरी दण्डित गर्नुपर्ने बताउँदै आएकाले पनि उनको नियतमा खोट नदेखिएको ।

कोही कसैको प्रयोजनको आधारमा नभएर सत्य तथ्यको आधारमा समाचार लेख्ने पत्रकारहरुले विश्वसनीय र स्तरीय संचार माध्यममार्फत प्रेषित गरेको यो तथ्यपूर्ण समाचारले एकै पटक तिन काम गरेको छ ।

१. माधव नेपालसंगको आफ्नो निजी आग्रह पूर्वाग्रह र असन्तुष्टिको स्वाद फेर्न यही प्रकरणलाई आधार बनाउने अनि त्यसैको माध्यमबाट वर्षौंको त्याग तपस्याले बनेको माधव नेपालको छविमा दाग लगाउँला भन्नेहरुको सपना खेर गयो ।

२. निष्ठा र इमानको राजनीति गर्ने माधव नेपाल र वहाँ जस्तै थुप्रैलाई हौसला मिल्यो ।

३. समाजमा कसैलाई सत्य र तथ्यले पुष्टि नगर्ने आरोपहरु लाग्यो भन्दैमा चिन्ता गर्नु पर्दैन अहिले पनि लोभ, लालच रहित संचारकर्मीहरु छन जसले सवै महत्वपूर्ण विषयहरुको सत्य तथ्य वाहिर ल्याउने हिम्मत राख्छन, गलत गर्नेलाई दण्डित गराउछन भने निर्दोषहरुको निर्दोषीता पनि स्थापित गर्छन भन्ने व्यवहारिक सन्देश प्रवाह भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको राजकीय निकायमा कार्यरत जुनसुकै पद वा दर्जामा काम गर्ने पदाधिकारीहरुले यदी नियोजीत रुपमा आफ्नो अख्तियार दुरुपयोग गर्दै भ्रष्टचार गरेको देखिएमा त्यसको छानविन र अभियोजन गर्ने निकाय हो िभ्रष्टचार विरोधी र सुशासनको पक्षधर सवैको आस्था र विश्वासको केन्द्र हुनु पर्ने त्यो निकायले त्यसका पदाधिकारी वा त्यस्ता पदाधिकारीहरुलाई नियुक्ती गर्ने प्रस्ताव गर्ने वा नियुक्ती गर्ने निर्णय गर्ने कार्यमा सहभागी हुनेहरुको आग्रह पूर्वाग्रहमा कुनै विषयको छानविन सुरु गर्ने अनि सुरु गर्ने वा गराउनेको मार्गदर्शन अनुसार त्यस सम्वन्धमा के गर्ने भन्ने विषयको टुङ्गो गर्ने भन्ने सिद्धान्तत नमिल्ने मात्रै हैन अकल्पनीय कुरा हुन ।

त्यसमाथि कुनै विषयमा भैरहेको अनुसन्धानको दायरामा रहेको भनिएका कुनै पनि पदाधिकारीले छानविन चल्दै गर्दा राजीनामा गरेमा सम्वन्धित पदाधिकारीलाई केहि नहुने अनि यदी त्यसो नगरिएमा तत्काल मुद्दा दर्ता गर्दै निजलाई भएको पदबाट मुक्त गराएरै छोडने भन्ने काम अख्तियारबाट हुन सक्दैन। कोहि पदमा छन वा छैनन अनि रहन्छन वा रहन्नन भन्ने लेखा जोखा नगरी विधि र प्रक्रियाको आधारमा छानविनलाई अगाडी बढाउने अनि दोषी देखिए सम्वन्धित पदाधिकारीलाई भ्रष्ट ठहर गर्दै जेल अनि भनिएको जस्तो नदेखिएमा अनुसन्धान बन्द गर्दै आरोपीलाई आरोपमुक्त गर्ने काम नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम हो । जव जव सिद्धान्त अनुसार काम भएका छन त्यसले सम्मान कमाएको छ अनि जवजव सिद्धान्त भन्दा अन्यथा भएका छन तव तव लोकमानसिंह कार्की अनि दीप बस्नेतजस्ताहरुको उदय हुने गरेको छ । भनिन्छ नि वक्त वक्त कि वात हे !