जनता टाइम्स

१८ असार २०८१, मंगलवार १९:०९

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त


काठमाडौं, १८ असार । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त हुनुभएको हो । सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गर्नुभएको हो ।

संखुवासभा खाँदबारी नगरपालिका–२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश हुनुभभएको थियो । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० माघ २३ देखि सचिव पद रिक्त थियो ।