जनता टाइम्स

५ भाद्र २०८१, बुधबार १९:३९

लामिछाने सहकारी ठगि बारेको संसदीय समितिमा बयानका लागि भदौं ७ गते जाने


काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाउनुभएको छ ।

आज भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराउनुभएको हो ।

समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ । समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति थापाले बताउनुभएको छ ।