न्यूयोर्क, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री थानीबीच आज न्यूयोर्कमा दुई पक्षीय भेटवार्ता भएको हो ।
भेटमा दुई मूलुकबीचको सम्बन्ध अझ घनिष्ठ बनाउनेबारे छलफल केन्द्रित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्