जनता टाइम्स

२२ आश्विन २०८१, मंगलवार ११:०४

माधव नेपालमाथि महासंकट, पार्टी बिघटनको डिलमा पुगेको तथ्य राखेर सय बढी केन्द्रीय नेताले बुझाए ज्ञापनपत्र


जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत एक सय बढी केन्द्रीय नेताहरुले सोमवार अध्यक्ष नेपाललाई केन्द्रीय कार्यालयमा भेटेर कुनै पनि बेला पार्टी बिभाजन हुने भन्दै सच्चिन ज्ञापन पत्र बुझाउनु भएको हो । माधव नेपालको बदमासी केलाउँदै ज्ञापनपत्रमा लेखिएको छ, ‘केन्द्रीय कमिटी पार्टी अनुकुल होइन, आफू अनुकुल बनाइयो । जसको कारण भुगोलमा निरन्तर क्रियाशिल रहेका सक्रिय पंङ्ति नेतृत्वमा आउन सकेन ।’

काठमाडौं, असोज २२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि महासंकट संकट आइलागेको छ । पार्टीमा आफ्नो आलोचना वा बिरोध र अरु नेताको प्रसंशा सुन्नै नसक्ने जडसुत्रवादी मान्यतामा बिद्यावारिधी गर्नुभएका अध्यक्ष नेपाललाई पूर्वपदाधिकारीसहितका प्रभावशाली नेताहरुले नै सच्चिन अल्टिमेटमसहित पत्र बुझाएपछि महासंकट आइलागेको हो ।

नेकपा एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपालले नै पार्टी कमजोर बनाएको ठहरसहित आन्तरिक एकता जोगाइ राख्न भन्दै दुई बुँदे ज्ञापन पत्र बुझाएका छन । जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताहरुले सोमवार अध्यक्ष नेपाललाई केन्द्रीय कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाउनु भएको हो ।

झण्डै एक सय बढी नेताको समर्थनमा पत्र दिइएको नेताहरुले नेपाललाई जानकारी दिएका छन । पत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको किटानी गरिएको छ भने अबैध केन्द्रिीय कमिटीबाट गरिएको पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्ने बटमलाइन सुनाइएको छ ।

पार्टीको दशौँ महाधिवेशन र त्यसयताका विभिन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटव्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएको ज्ञापनपत्रधारी नेताहरूको ठहर छ । यस्तो हुनुको मुख्य दोषीमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको किटानी गरिएको छ ।

‘महाधिवेशनको मञ्चबाटै सर्वसम्मतरूपमा निर्वाचित तीनजना नेता कमरेडहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिहरूका अगाडि गरेको बाचा उल्लङ्घन गर्नु रहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

नेपालमाथि एमालेमा रहँदा जस्तै बाचुञ्जेल पदमा रहिरहनका लागि आफू अनुकूलको नेतृत्व निर्माण गर्ने कलुसित मनसाय लिएको गम्भीर आरोपसमेत लगाइएको छ । महाधिवेशनले दिएको म्यान्डेटभन्दा बाहिर नेतृत्व गएको भन्दै ज्ञापनपत्रमा ९० जनालाई महाधिवेशन हलले समर्थन गरेको अन्य बाँकी सदस्यहरूलाई १० दिनभित्र प्रस्तावित गर्न सहमति प्रदान गरेको तर त्यसबिपरितका हर्कत नेपालबाट भएको उल्लेख गरिएको छ ।

महाधिवेशन हलले आषाढ मसान्तसम्म केन्द्रीय कमिटी टुङ्गो लगाउने म्यान्डेट दिएको थियो । भाद्र १४ गते आएर केन्द्रीय कमिटी घोषणा गरियो । यो म्यान्डेट कसले कसलाई दियो ?’ ज्ञापनपत्रमा प्रश्न सोधिएको छ । शीर्ष नेतृत्व महाधिवेशन मञ्चमा गरेको बाचा भन्दा बाहिर जाँदा यस्तो अवस्था आएको भन्दै ज्ञापनपत्रमा सोधिएको छ, ‘९३ जनालाई यो म्यान्डेट थियो भने मनोनीत कमिटीले कसरी निर्वाचित पदाधिकारी निर्माण गर्न सक्छ ?’

‘प्रस्तावित सदस्यहरुलाई समर्थन गर्ने-नगर्ने अधिकार महाधिवेशन प्रतिनिधिमा अन्तर्निहित हुन्छ भन्ने हेक्का नराखी जुन प्रकारले २९९ जनाको केन्द्रीय कमिटी बनाउने भन्दै हलको म्यान्डेट विपरीत ३२२ जनाको केन्द्रीय कमिटी बनाइयो र राम्रा अनि योग्य भन्दा पनि आफ्ना बनाउने कार्य भयो’, ज्ञापन पत्रमा लेखिएको छ ‘त्यसले तलको पङ्क्तिमा एक प्रकारको खैलाबैला मच्चाएको छ । ’ भूगोलमा प्रभावकारी जनमत भएका नेता कार्यकर्ताहरूलाई हराएर अपमान गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

‘महाधिवेशन हलले आषाढ मसान्तसम्म केन्द्रीय कमिटी टुङ्गो लगाउने म्यान्डेट दिएको थियो । भाद्र १४ गते आएर केन्द्रीय कमिटी घोषणा गरियो । यो म्यान्डेट कसले कसलाई दियो ?’ ज्ञापनपत्रमा प्रश्न सोधिएको छ । शीर्ष नेतृत्व महाधिवेशन मञ्चमा गरेको बाचा भन्दा बाहिर जाँदा यस्तो अवस्था आएको भन्दै ज्ञापनपत्रमा सोधिएको छ, ‘९३ जनालाई यो म्यान्डेट थियो भने मनोनीत कमिटीले कसरी निर्वाचित पदाधिकारी निर्माण गर्न सक्छ ?’

सर्वसम्मत रूपमा पदाधिकारी चयन हुनुपर्ने सुझाव हुँदा हुँदै मनोनीत कमिटीमा चुनाव गराउने कार्यपछि असन्तुष्टि विस्फोट भएको तथ्यसमेत केलाइएको छ । ज्ञापनपत्रमा महाधिवेशनको सम्पूर्ण प्रक्रियामा विधि र प्रक्रियाको गम्भीर उल्लङ्घन भएको पनि उल्लेख छ । यस्तै केन्द्रीय परिषद्को बैठकबाट र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत भएको उनीहरुले बताएका छन । माधवको बदमासी केलाउँदै ज्ञापनपत्रमा लेखिएको छ, ‘केन्द्रीय कमिटी पार्टी अनुकुल होइन, आफू अनुकुल बनाइयो । जसको कारण भुगोलमा निरन्तर क्रियाशिल रहेका सक्रिय पंङ्ति नेतृत्वमा आउन सकेन ।’