बाँके, कात्तिक १४ । यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धारयात्रा अन्तर्गत बाँकेबाट पाँच जना सहयोगापेक्षीको उद्धार गरिएको छ ।
बडादशैंको बिजयादशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारबाट सुरु गरी असोज २८ गतोट झापाको काँकडभिट्टाबाट ससुरु भएको अभियानका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट दुई, कोहलपुर नगरपालिका–११ बाट एक, जानकी गाउँपालिका–६ बाट एक र बैजनाथ गाउँपालिका–१ बाट एक जना गरी पाँच सडक मानवहरूको उद्धार गरिएको हो ।
मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीका अनुसार गत असोज २८ गते झापाको मेचीनगरबाट सुरु भएर बाँके आइपुग्दासम्म एक सय ३९ जना सडक आश्रित मानवको उद्धार भएको छ । उद्धार गरिएकामा एक सय छ जना पुरुष र ३३ जना महिला रहेका छन ।
प्रतिक्रिया दिनुहोस्