जनता टाइम्स

१४ कार्तिक २०८१, बुधबार ११:५१

संसदीय समितिले अनुमोदन गर्यो बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम, अव राष्ट्रपतिले गर्नेछन नियुक्तिको काम


काठमाडौं, कात्तिक १४ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम सर्वसम्मत अनुमोदन गरेको हो । नाम अनुमोदन भएसँगै अव लम्साल राजदूत नियुक्त हुनुहुने भएको छ ।

अव राष्ट्रपति रामचन्द्र पौडेलले लम्साललाई राजदूत नियुक्त गर्नुहुनेछ । सरकारले परराष्ट्र सचिव लम्साललाई बेल्जियमका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको थियो ।