जनता टाइम्स

१५ कार्तिक २०८१, बिहीबार ०९:५५

संखुवासभाको मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु, दुई घाइते


संखुवासभा, कात्तिक १५ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उहाँले बताउनु भयो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै रहेको प्रहरीले जानकारी दिएको छ ।