वासिङ्टन डिसी (अमेरिका) । अर्बपति एलन मस्कलाई फिलाडेल्फियाको एक अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई असीमित चन्दा दिएकै कारण विवादमा तानिएका मस्कलाई चुनावी घोषणाकै कारण अदालतले उपस्थित गराउन आदेश दिएको हो ।
मस्कले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलर उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ गर्दै उक्त अदालतले मस्कलाई यस्तो आदेश दिएको हो ।
फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गरेका थिए । न्यायाधीश एनी मेरी कोयलले भनिन, ‘सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।’
मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । मस्कले नोभेम्बरमा ५ हुने चुनावसम्म व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन ।
यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।
पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहेका छन भने अरूलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहेका छन भने राज्यहरूमा अरूलाई मतदान गर्न रिफर गर्नेहरूलाई ४७ डलर दिइरहेका छन ।
स्पेसएक्स र एक्सका मालिक ५३ वर्षीय मस्कले गत जुलाईमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरेयता आफ्नो समय र पर्याप्त प्रभाव लाखौँ अमेरिकीलाई पारेका छन ।
विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई ११ करोड ८० लाख अमेरिकी डलर सहयोग गरेका छन् । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा ट्रम्पसँगै मस्क पनि मञ्चमा देखा गरेका छन ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा यसअघि बाराक ओबामालाई समर्थन गरेका मस्कले एक्समा दैनिक २० करोड २० लाख ‘फलोअर्स’ रहेका छन ।
प्रतिक्रिया दिनुहोस्