काठमाडौं, कार्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले भाइटीका लगाउनु भएको छ ।
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनु भएनु भएको हो ।
राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनु भयो। उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदाम सहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो। यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।













प्रतिक्रिया दिनुहोस्