काठमाडौं, कात्तिक १९ । नेपालमा पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि कोशी प्रदेश, बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा, बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबारबाट भने देशको मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस्