वासिङ्टन डीसी (अमेरिका), कात्तिक २१ । अमेरिकी राष्ट्रपति चुनावको मतगणनाको पछिल्लो परिणाम अनुसार रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो अग्रता बढाउनु भएको छ ।
पछिल्लो बिवरण अनुसार ट्रम्पले अहिलेसम्म १९८ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ११२ मत प्राप्त गर्नुपर्दछ । राष्ट्रपति पदमा निर्वाचित हुनका लागि २७० मत आवश्यक पर्दछ । जसअनुसार अव ट्रम्पलाई जित्नका लागि केवल ७२ इलेक्ट्रोरल मत आवश्यक छ ।
मतगणना जारी रहेको छ । ट्रम्पले गृहस्थान फ्लोरिडामा जीत हात पार्नुभएको छ । मतगणना भइरहेका स्थानमा तिब्र प्रतिस्पर्धा भइरहेको छ । रिपव्लिकन र डेमोक्रयाटिक समर्थकहरुले आआफनो जीतको कामना गरिरहेका छन । पछिल्लो गणना अनुसार ट्रम्पको पक्षमा ५२ प्रतिशत र ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्