हेटौँडा, मंसिर १४ । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा रामबहादुर खड्का नियुक्त हुनुभएको छ । बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आयोगको सदस्य पदमा खड्कालाई नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । ऐनको दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालीन सदस्य सुदर्शन ढकालले कात्तिक ११ कात्तिकदेखि लागू हुने गरी २ कात्तिकमा राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । दोलखाको गौरिशंकर गाउँपालिका–५ का खड्कालाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्तिको लागि २ मङ्सिर २०८१ को मन्त्रिपरिषदको बैठकको प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खड्कालाई सदस्य पदमा नियुक्तिका लागि ५ मङ्सिरमा प्रदेश प्रमुख देवकोटा समक्ष प्रस्ताव प्राप्त भएको थियो । उहाँको शपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्