जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १०:२६

सरकारलाई अहिलेसम्मको ठुलो सफलता : डुइङ बिजनेस सूचकमा उल्लेख्य सुधार


काठमाडौं, कात्तिक ७

सरकारले विदेशी लगानी ल्याउन भित्राउन गरेको प्रयासलाई विश्वलाई प्रभावित पार्न थालेको छ । नेपालमा व्यवसाय गर्ने वातावरण सुधार हुँदै गएको विश्व बैंकको एक अध्ययनले देखाएपछि नीति सफल हुदै गएको देखिएको हो ।

बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने डुइङ बिजनेस सूचकमा नेपालले १६ स्थान सुधार गरेको छ । अघिल्लो वर्ष ११०औं स्थानमा रहेको नेपाल यो वर्ष ९४औँ स्थानमा उक्लिएको छ ।

नेपालमा निर्माण अनुमतिका लागि दिने प्रक्रियामा यो वर्ष सुधार गरको छ । ऋण प्रवाह, अन्तरदेशीय व्यापार र ठेक्का सम्झौतामा नेपालमा पछिल्लो वर्ष सुधार भएको बैंकको अध्ययनले देखाएको छ । यद्यपी अध्ययनका अनुसार सामाजिक सुरक्षामा अनिवार्य दर्ता प्रक्रियालाई सहज बनाउन सुझाव दिएको छ ।

त्यस्तै नेपालमा सम्पत्ति दर्ता तथा हस्तान्तरण कठिन भएको भन्दै त्यसमा पनि सुधारको खाचो औल्याएको छ । डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरुका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ।