जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार १८:१२

१० महिनामा पौने दुई अर्ब बराबरको पासपोर्ट आयात


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१  साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ ।

यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट फ्रान्सबाट आयात भएको छ भने ४ हजार रुपैयाँको ०.१५ केजी बेलायतबाट आयात भएको हो । उक्त परिमााणमा पासपोर्ट आयात हुँदा एक हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।