काठमाडौँ । संघीय संसद अन्तर्गत बुधबार बसेको प्रतिनिधि सभाको बैठक साढे तीन बजेसम्मका लागि स्थगित भएको छ । यसअघि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले संसद् सुरु भएको जानकारी गराउना साथ विपक्षीहरूले उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्