काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा रहेका १४ उपसचिवको काज र सरुवा गरेको छ ।
मन्त्रालयका सचिव रविलाल पन्तस्तरीय निर्णयबाट बुधबार अतिरिक्त समूहमा रहेका १४ उपसचिवहरूको काम र सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अतिरिक्त समूहमा रहेका ६ जनाको काम र ८ जनाको सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सचिव पन्तले जिम्मेवारीमा रहेका तीन थप उपसचिवको पनि बुधबार नै सरुवा गरेका छन् । उपसचिवसँगै ४ शाखा अधिकृतको समेत सरुवा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्