काठमाडौं । काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ । केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।
राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीहरूले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्