रामेछाप, १५ जेठ । गणतन्त्र दिवस–२०८२ को अवसरमा रामेछापमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
दिवसको अवसरमा बिहीबार सदरमुकाम मन्थलीमा प्रभातफेरी तथा सभा आयोजना गरिएको थियो । गणतन्त्र दिवस मूल समारोह समिति, रामेछापको आयोजनामा सो कार्यक्रम भएको हो ।
मन्थलीस्थित मदन आश्रित चोकबाट सुरु भएको प्रभातफेरी मन्थली बजार परिक्रमा पछि जिल्ला समन्वय समिति कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
गणतन्त्र दिवसको अवसरमा बिहीबार साँझ नागरिक संस्थाहरूको तर्फबाट मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । इन्सेक, राष्ट्रिय दलित कल्याण संघ, मानव अधिकार एलाइन्स, नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखा, आदिवासी जनजाति महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रामेछाप, नेपाल पत्रकार महासंघ रामेछाप र गैरसरकारी महांघले मूल आयोजक समितिसँग सहकार्य गरेर सो कार्यक्रम गरेको हो । कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, नागरिक अगुवा, सरकारी निकायका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्