हेटौंडा, १६ जेठ । मकवानपुरको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छीको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ६ बजे वीरबहादुर वाइवाकी ८ वर्षीया छोरी अस्मिता वाइवालाई आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा बिच्छीले टोकेको थियो ।
टोकेको २० घण्टापछि दिउँसो करिब २ बजेदेखि सास फेर्न समस्या देखिएपछि अस्मितालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचाररत उनलाई डाक्टरले गएराति ८ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बालिकाको शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्